साहित्य सृजना

गजल !

आउनुहोस एक छाक दिउला थालि बोकेर
के पाउछौ सडकमा झन्डामात्र खालि बोकेर

काम लाग्दैन हामिलाई जसले सत्ता पाएनि
बरु जाउ सबै खेतबारिमा कोदालि बोकेर

केही लछारपातो लाउदैन जनतालाई यहाँ
हिड्नैपर्छ भारिलाई उकालिओरालि बोकेर

जे गर्नु छ आफैले गर्ने हो जुन तन्त्र आएनि
केही पाउदैनौ अरुको जितमा तालि बोकेर

जनताले जति दौरधुप गरेर जिताए त पनि
हिड्ने न हो अन्यमा बिपक्षको गालि बोकेर

लक्ष्मी मगर सङ्घर्ष
नौबहिनी-५ डाम्री प्यूठान

Related Articles

Back to top button