नमस्ते मेरो नाम रिजन गिरी हो । मेरो घर प्यूठान नगरपालिका ९ मरन्ठाना मजुवामा पर्छ । म प्यूठान भ्याली एकेडेमी कक्षा ९ मा पढ्छु । मलाई परीक्षा सकिएपछि साथीहरुसँग घुम्न जान मन लागेको थियो तर यो लकडाउनमा कोरोनाको कारण जान पाइन ।
अहिले म आफ्नो परिवारसँग लकडाउनको पालना गर्दै घरमा बसिरहेको छु । यो लकडाउनको कारणले मैले धेरै कामहरु सिक्ने मौका पाएका ेछु । यो लकडाउनको समयमा सवै मानिसहरु घरभित्रै बसिरहेका छन् र म पनि परिवारसँग रमाउँदै घरमा नै बसेको छु । मैले यो समयमा आमाबुवासँग घरायसी काम सिक्ने मौका पाएको छु ।
यो कोरोनाको कारणले नेपाल लगायत संसारका अन्य मुलुकहरु पनि अछुत हुन सकेका छैनन् सोही कारणले संसारभर सवै देशहरु लकडाउनमा छन् । कोरोनाले विश्वव्यापी रुपमा माहामारी फैलाएको छ त्यसैले हामी सवै मानिसहरु सचेत हुन आवश्यक छ । साथै राज्यले दिएका नियम र निर्देशन पालना गर्नु अहिले आवश्यक छ । देश लकडाउन भएकाले धेरै विदा भएको छ । त्यसैले हामी केहि फुर्सदिला भएका छौं । तर पनि हामीहरु टिभी हेर्ने, मोवाइलमा गेम खेल्ने, मोवाइलमा विभिन्न ज्ञानगुनका कुरा सिक्ने र परिवारमा एक आपसमा छलफल गर्दै बसेका छौं ।
लकडाउनको कारणले विद्यालय खुलेको छैन । अहिले विद्यालयमा भर्ना हुने र नयाँ किताव पढुने बेला हो तर लकडाउनले विद्यालय भर्ना र नयाँ किताव किन्न सकिएको छैन । अब कसरी पढुने भनेर विद्यालयको विषयमा सवैले छलफल गरेर अगाडी बढुदा राम्रो हुन्थ्यो होला ।
अन्त्यमा म के भन्न चाहन्छु भने देश वा विदेशमा रहनुभएका मानिसहरुलाई घरबाट बाहिर ननिस्कि घर भित्रै बसि यो समयलाई सदुपयोग गर्नुहोला । यो महामारी कोरोना भाईरस छिट्टै नै हराउनेछ भन्ने आशा गर्दछु । धन्यवाद
रिजन गिरी
कक्षा ९
प्यूठान भ्याली एकेडेमी
