Bannerसमाज

प्यूठानमा कुलोमा डुबेको अवस्थामा ५६ वर्षीया महिला मृत फेला

प्यूठान । माण्डवी गाउँपालिका–१ दमारेमा कुलोमा डुबेको अवस्थामा एक महिला मृत फेला परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार अरुण खोलाबाट पिप्लीखेत जाने कुलोमा बुटेनी निवासी ५६ वर्षीया लोकी देवी सुनार डुबेको अवस्थामा फेला परेकी हुन् ।

घरदेखि करिब ६०० मिटर दक्षिणमा रहेको उक्त कुलोमा डुबेको अवस्थामा उनलाई आफ्नै ३५ वर्षीया छोरी तिर्सना सुनारले देखेपछि बाहिर निकालेकी थिइन् ।

खबर प्राप्त हुनासाथ प्रहरी चौकी तिरामबाट प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारुको कमाण्डमा दुई जनाको टोली तथा जिल्ला प्रहरी कार्यालय प्यूठानबाट प्रहरी निरीक्षक कौशल पराजुलीको कमाण्डमा पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो ।

श्रीमान् रोजगारीको सिलसिलामा भारतमा रहेको प्रहरीले जनाएको छ । उनी घरमा छोराबुहारी, छोरी तथा नातिनातिनासँग बस्दै आएकी थिइन् । मृतकको माइती पक्षलाई समेत घटनाबारे जानकारी गराइसकिएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सांकेतिक तस्बिर : एआई

Related Articles

Back to top button