> राजनीति > अनेरास्ववियु स्वर्गद्वारी नगरपालिकामा प्रथम अधिबेशन सम्पन्न


अनेरास्ववियु स्वर्गद्वारी नगरपालिकामा प्रथम अधिबेशन सम्पन्न

प्युठान । नेकपा एमालेको बिद्यार्थी संगठन अनेरास्ववियुको स्वर्गद्वारी नगरपालिकामा प्रथम नगर अधिबेशन सम्पन्न भएको छ । अनेरास्ववियु प्युठानका अध्यक्ष दिल बहादुर दसौंदिकाे अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य नेत्र बहादुर राेकायकाे प्रमुख अथितिमा अधिबेशन सप्पन्न भएको हो ।

 

कार्यक्रममा नेकपा एमाले प्युठान का सचिवालय सदस्य हिरामणि भण्डारी , सचिवालय सदस्य नृपेन्द्र राेकाय, स्वर्गद्वारी नगरकमिटिका अध्यक्ष राम प्रसाद श्रेष्ठ र जिल्ला कमिटी सदस्य तथा बिधार्थि सह इन्चार्ज जाल बहादुर के.सि.ले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

 

अधिबेशनले जीवन राेका काे अध्यक्षतामा ३१ सदस्यीय स्वर्गद्वारी नगरकमिटि गठन गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *