महेश थापा
प्युठान । प्युठानमा १५ तोला सुन सहित नगद चोरी भएको छ ।
नौबहिनी गाउँपालिका ६ स्थित रमेश केसीको घरबाट १५ तोला सुन र ३५ हजार रुपियाँ नगद चोरी भएको परिवारले बताएका छन ।
गएराती घरमा कोहि नभएको बेला दराज फोडेर चोरी भएको बताइएको छ ।
बल्लेखोलामा थप ५ वटा घर र प्युठान नगरपालिका ८ धाईरेमा २ वटा पसलमा चोरी भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।
