> राष्ट्रिय > प्युठानमा प्रहरी जवान सहित ९ जना जुवाडे प्रक्राउ


प्युठानमा प्रहरी जवान सहित ९ जना जुवाडे प्रक्राउ

प्युठान । प्युठानमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई प्रक्राउ गरेको छ ।

 

आज बिहान ३ बजेको समयमा प्युठान नगरपालिका वडा नं ४ जुम्री स्थित ऐरावती होटलमा जुवातास खेलिरहेको अवस्थामा प्युठानमा कार्यरत प्रहरी जवान सहित ९ जना जुवाडेलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

 

प्रहरीले जुवाको खालबाट एक लाख ६५ हजार नगद पैसा पनि बरामद् गरेको छ । त्यस्तै ७ थान मुवाईल र ६ वटा मोटरसाईकल पनि नियन्त्रणमा लिएको प्रहरी प्रमुख मल्लले बताउनुभयो । जुवाडे ईलाका प्रहरी कार्यालय विजुवारको नियन्त्रणमा रहेका छन् । यसबारे थप अनुसन्धान भईरहेको र जुवाडेलाई जुवा ऐन अन्र्तगत कार्वाही हुने समेत प्रहरी प्रमुख मल्लले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *