प्यूठान । अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । यहि कात्र्तिक १३ गतेदेखि गणतान्त्रिक खेलमैदानमा हुने प्रतियोगिताको आयोजना प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरले गरेको हो ।
प्रतियोगितामा प्रथम पुरस्कार १ लाख, दोश्रो पुरस्कार ५० हजार प्राप्त गर्ने छन् । सेमिफाइनलमा पुग्ने सबै टिमले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने वडाध्यक्ष सुमनराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उत्कृष्ट स्पाइकर, ब्लकर, लिब्रो र सर्भरलाई १ हजार पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २ हजार उपलब्ध गराइनेछ । सबै विजेताहरुलाई ट्रफि, मेडल र प्रमाणपत्र उपलब्ध गराइने आयोजकले जनाएको छ ।
सम्बन्धित पालिकाको परिचय खुल्ने कागजात, अनिर्वाय जर्सि हुनुपर्ने व्यवस्था गरिएको प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासंघको नियम अनुसार सञ्चालन हुनेछ ।












