> समाज > प्यूठानमा अलपत्रलाई गाडी, खाजा खाना र बस्ने व्यवस्था


प्यूठानमा अलपत्रलाई गाडी, खाजा खाना र बस्ने व्यवस्था

प्यूठान । जिल्ला भित्रने प्रमुख सीमा नाका हो ददेरी ।

सरुमारानी गाउँपालिका–२ मा पर्ने सीमा नाकामा हेल्प डेक्स र वेटिङ क्वारेन्टाइन छ । जहाँबाट जिल्ला भित्रनेको लगत संकलन गरिन्छ । गत वैशाख ४ गतेदेखि उक्त व्यवस्था मिलाइएको हो ।

भारत लगायत देशका विभिन्न ठाउँबाट मानिस जिल्ला आउने क्रम जारी छ । पछिल्लो समय भारतबाट आउनेको संख्या बढ्दै गएको छ । सीमामा अलपत्र नागरिकलाई अव गाडीको व्यवस्था गरिन सम्वन्धित ठाउँसम्म पु¥याउने कार्यको समेत थालनी गरिएको छ ।

जिल्ला विपद व्यवस्थापन समितिले अलपत्र यात्रुलाई गाडीको व्यवस्था गर्ने, खाजा, खाना र बस्ने व्यवस्था मिलाउन थालिएको सरुमारानी गाउँपालिका–२ का वडा अध्यक्ष बसन्त जिसीले बताउनुभयो । गाडीबाट आएकाहरुसँगै पैदल आएकालाई उक्त व्यवस्था मिलाइएको जिसीले जानकारी दिनुभयो र

लकडाउनको बीच पाँच हजार जिल्ला भित्रिए
अध्यक्ष जिसीका अनुसार जेठ १५ गतेसम्म नेपाल भित्रबाट ८१९ जना र भारतबाट ४६८७ जना प्युठान आएका छन् । मानिस जिल्ला आउने क्रम जारी छ ।

सीमा नाकामा गरिएको उक्त व्यवस्थाले आगामी दिनमा कन्ट्रयाक्ट ट्रेसिङका लागि समेत सहज हुने अध्यक्ष जिसीको भनाई छ । ददेरी स्थित सीमा नाकामा जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक लगायत चौविसै घण्टा खटिरहेको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *