> राष्ट्रिय > ऐरावती गाउँपालिका-६ को प्रशासकीय भवन निर्माण


ऐरावती गाउँपालिका-६ को प्रशासकीय भवन निर्माण

प्युठान । ऐरावती गाउँपालिका-६ को प्रशासकीय भवन निर्माण भएको छ । ६७ लाख २१ हजार रुपियाँ लागतमा भवन निर्माण भएको हो ।

 

भवन निर्माणका लागि स्थानीय पदम बहादुर थापा र मान बहादुर थापाले ५ रोपनी जग्गा नि:शुल्क उपलब्ध गराउनुभएको थियो । पुष्पाञ्जली निर्माण सेवाले २०७९ जेठ २६ गते निर्माणका लागि सम्झौता गरी २०८० असारमा निर्माण सम्पन्न गरेको थियो । भवनमा १ तालिम हल सहित ६ वटा कोठा रहेका छन् ।

 

 

सामुदायिक भवनबाट संचालन हुदै आएको वडा कार्यालयको कामकाज शुक्रबार देखी आफ्नै प्रशासनिक भवनबाट सुरु भएको वडा सचिव प्रकाश वि.क.ले बताउनुभयो । नयाँ भवनमा कोठाको अभाव नभएकोले सेवा सहज रुपमा दिन सकिने उहाँको भनाई छ ।

 

नब निर्मित भवनको एक कार्यक्रमका बीच गाउँपालिका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको छ । वडा अध्यक्ष भरत बहादुर खड्का क्षेत्रीको अध्यक्षता तथा ऐरावती गाउँपालिकाका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा जग्गादाता मान बहादुर थापा, विकास थापा, ऐरावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा, ऐरावती गाउँपालिका वडा नं १ का वडा अध्यक्ष अमर बहादुर रेस्मीमगर, राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि, जनप्रपतिनीधि, कर्मचारी लगाएतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *