समाज

प्यूठानको मौलिक सराय नाच सिक्दै विद्यार्थी

प्यूठान । जिल्लाको ऐतिहासिक तथा मौलिक सांस्कृतिक पहिचानका रूपमा रहेको सराय नाचको संरक्षण र पुस्तान्तरणका लागि क्षेत्रविकास माध्यमिक विद्यालय, पुण्यखोला बिजुवारले विद्यार्थीहरूलाई सराय नाच सिकाएको छ ।

नयाँ पुस्तालाई आफ्नो मौलिक कला, संस्कृति र परम्परासँग परिचित गराउने उद्देश्यले विद्यालयमा विद्यार्थीहरूलाई सराय नाच सिकाइएको हो । पुस्तौँदेखि प्रचलनमा रहेको सराय नाचलाई युवा पुस्तासम्म पुर्‍याउन विद्यालयले गरेको यो पहलले स्थानीय संस्कृति संरक्षणमा शैक्षिक संस्थाको भूमिका उजागर गरेको छ ।

धार्मिक तथा सांस्कृतिक उत्सव, मेलापर्व र मन्दिरसँग सम्बन्धित जात्राका अवसरमा सराय नाच प्रदर्शन गर्ने परम्परा रहिआएको छ । खुकुरी, तरबार, ढाल लगायतका सामग्री सहित ताल र लयमा नाचिने सरायले यहाँको धार्मिक आस्था, वीरता र सांस्कृतिक परम्परालाई प्रतिबिम्बित गर्छ ।

प्यूठान नगरपालिकाले सराए नाचलाई स्थानीय पाठ्यक्रममा समेत समाबेश गरेको छ ।

Related Articles

Back to top button