> सम-सामायिक > कति सवारीले गरे लकडाउन उल्लंघन ?


कति सवारीले गरे लकडाउन उल्लंघन ?

सागर रिजाल

प्यूठान, १२ बैशाख ।
प्युठानमा कोरोना संक्रमणबाट बच्नकालागि सरकारले र बचाउनको लागि थालिएको लकडाउनको अभियान प्रभावकारी बन्दै गएको छ । सुरक्षा निकाय, स्थानिय जनप्रतिनिधि मार्फत जिल्लामा सचेतनाका कार्यक्रम संगै अभियान प्रभावकारी बनाउदै लगिएको हो । सरकारले गरेको लकडाउनको प्रभाव प्युठानमा पनि बढ्दै गएको छ । जिल्लामा अत्यावश्यक बाहेक अन्य सवारी साधन चलेका छैनन् । अटेर गरि सवारी साधन चलाउने व्यक्ति र सवारी साधनलाई प्रहरीले कारवाही समेत गरेको छ । सरकारले एक स्थानिय तहबाट अर्को स्थानियतह जानलाई रोक लगाएपछि जिल्लामा प्रहरी संगै स्थानिय व्यक्तिले आवात जावतमा समेत रोक लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय प्युठान मातहतमा सम्पूर्ण प्रहरी युनिट अगाडी अस्थायी ब्यारियल राखेर आवात जावतमा रोक लगाईएको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो । सवारी साधन भागेर चलाउने र प्रहरीले भन्दा भन्दै पनि भाग्ने प्रवृति बढेको पाईएकाले प्रहरीले यो अभियान थालेको उहाँले बताउनुभयो । प्रहरी युनिटहरुलाई पैदल हिडी अर्को जिल्ला जाने व्यक्तिहरुलाई समेत जुन ठाउँबाट आएको हो उहीँ ठाउँमा बस्नका लागि आग्रह गर्दै फर्काईएको उहाँले बताउनुभयो ।

जिल्लाको मुख्य बजार क्षेत्रसंगै गाउँ क्षेत्रमा पनि लकडाउन सफल पार्नका लागि कार्यालय मातहतका प्रहरी, जनप्रतिनिधि मार्फत काम भईरहेको प्रहरी प्रमुख कार्कीले बताउनुभयो । अत्यावश्यक सवारी साधन बाहेक स्थानिय स्तरमा लुकीछिपी हिड्ने मोटरसाईकल तथा सवारीसाधनलाई पूर्ण रूपमा निषेध गर्न मातहतका प्रहरीहरुलाई निर्देशन दिइएको उहाँले बताउनुभयो । संक्रमण फैलिन नदिन हामी सबै जिम्मेवार तथा अनुशासित नागरिक बन्नुको विकल्प नभएको प्रहरी प्रमुख कार्कीको भनाई छ ।
प्रहरी प्रमुखकार्की जिल्लाका प्रायः सबै प्रहरी युनिटमा प्रहरीको काम कारवाहीबारे अनुगमन तथा निरिक्षण गर्न दिनहुँ पुग्नुभएको छ । जिल्लाको शान्ति सुरक्षा तथा कोरोना रोकथाम एवं नियन्त्रण गर्न प्युठान र दाङ जिल्लाको सिमाना सरुमारानी गाउँपालिकाकाको ढुङगेगढी प्रहरी चौकी दरभानमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी खटाइएको छ । यसअघि प्रहरी नायव निरीक्षकको नेतृत्वमा प्रहरी रहँदै आएको थियो ।
जिल्ला प्रवेश गर्नेहरुको लगत संकलन, सवारी होल्ड, बाहिरबाट आएकाहरुलाई अनिवार्य रुपमाक्वारेन्टाइनमा बसाल्न स्थानीय सरकारहरुलाई प्रहरीले सहयोग गर्दै आएको छ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला समन्वय समितिको निर्देशन कार्यान्वयन गर्न जिल्ला प्रहरीले सक्रियताका साथ कार्य सम्पादन गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरिक्षक कार्कीले बताउनुभयो ।
त्यस्तै जिल्लाका विभिन्न स्थानका यूवाहरुको सक्रियताम ाविभिन्न ठाउँमा लकडाउनलाई थप कडाई गरिएको छ । एक जिल्ला अथवा एक पालिकाबाट अर्को पालिकामा जानलाई रोक लगाउन अस्थायी ब्यारीयल नै तेर्साएर आवात जावतमा रोक लगाईएको हो ।
लकडाउन उल्लंघन गर्ने दुई सय ३४ सवारी साधन नियन्त्रणमा
कोरोना संक्रमणबाट बच्न र बचाउनको सरकारले थालेको लकडाउनको अभियानलाई एक महिनाको अवधिमा उलंघन गर्ने दुई सय ३४ सवारी साधनलाई नियन्त्रणमा लिईएको छ। लकडाउनको समावधिमा लकडाउनलाई उलंघन गरेको भन्दै उक्त सवारी साधन नियन्त्रणमा लिईएको हो ।
जिल्लामा बिना अनुमति चलेका ट्याक्टर, मोटरसाइकल र स्कुटरमा सवार तीव् यक्तिका सवारी साधन नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख कार्कीले बताउनुभयो । नियन्त्रणमा पर्ने मामोटरसाइकल र स्कुटर बढी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

कोरोना संक्रमणबाट बच्न र बचाउनको सरकारले थालेको लकडाउनको अभियानलाई एक महिनाको अवधिमा उलंघन गर्ने दुई सय ३४ सवारी साधनलाई नियन्त्रणमा लिईएको छ। लकडाउनको समावधिमा लकडाउनलाई उलंघन गरेको भन्दै उक्त सवारी साधन नियन्त्रणमा लिईएको हो ।
जिल्लामा बिना अनुमति चलेका ट्याक्टर, मोटरसाइकल र स्कुटरमा सवार तीव् यक्तिका सवारी साधन नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख कार्कीले बताउनुभयो । नियन्त्रणमा पर्ने मामोटरसाइकल र स्कुटर बढी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!