प्यूठान, ३१ जेठ । प्यूठानमा जारी निषेधाज्ञा (लकडाउन) पुनः थपिएको छ । जिल्ला स्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रले चौथो पटक लकडाउनको समय थपेको हो ।
सोमबार बसेको केन्द्रको बैठकले असार १० गते सम्म लकडाउनको समय थप गर्ने निणर्य गरेको हो । यसअघि जेठ ३१ गतेसम्म लकडाउन गर्ने केन्द्रले निणर्य गरेको थियो ।
बैठकले विश्व महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस फैलिरहेकोले संंक्रमणबाट नागरिकको जीवनरक्षाका लागि संक्रमणको दरलाई रोक्न लकडाउन थप गरेको हो ।
अत्यावश्यक काम भन्दा बाहिर ननिस्कने, अनिवार्य स्वास्थ्य मापदण्ड पालन गर्ने, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार निषेध गर्ने । एम्बुलेन्स, शवबहान, दमकल दैनिक उपभोग्य खाद्य सामाग्री, पशुपंंक्षी तथा कृषि जन्य बस्तुको उत्पादन, कृषि पेट्रोलियम पदार्थ तथा औषधीको ढुवानी जारी राख्र्ने । अत्यावश्यक काममा सञ्चालन हुने सरकारी सवारी साधन, प्रेस पास तथा परिचयपत्र बाहक सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधन बाहेक प्यूठान जिल्ला भित्र सञ्चालन हुने नीजि तथा सार्वजनीक सवारी साधन सञ्लान नगर्ने । वाहिरी जिल्लाबाट प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
सवै प्रकारका शैक्षिक संस्थाबाट भौतिक रुपमा सञ्चालन हुने पठन पाठन र परिक्षाहरु स्थगित गर्ने, विवाह व्रतवन्ध तथा अन्य संस्कारजन्य काायक्तहरु ७ जना नबढाई स्वास्थ्य मापदण्ड सहित होटल तथा पार्टी प्यालेसमा सञ्चालन नगर्ने । धार्मिक स्थलमा नीत्य पुजा बाहेक सवै कार्यक्रम बन्द गर्ने । औषधी तथा स्वास्थ्य सामाग्रीका पसल साथै पेट्रोलियम पम्प २४ घण्टा खुल्ला रहने । दैनिक उपभोग्य वस्तुहरु खाद्यान्न, तरकारी, फलफुल, मासु, डेरी र निर्माण सामाग्री लगायतका अन्य पसल, व्यवसाय विहान ७ बजे देखी १० बजे सम्म र दिउँसो ४ बजे देखी बेलुका ६ बजे सम्म सञ्चालन हुने र सम्पूर्ण होटल तथा रेष्टुरेन्ट सञ्चालन नगर्ने निर्णय भएको छ ।
त्यस्तै बैंक तथा वित्तिय संस्थाका कार्यालय खुल्ला गर्ने र गाउँमा गएर बचत संकलन तथा समुह बैठक नगर्ने । अत्यावश्यक सेवा सञ्चालन गर्ने कार्यालयहरु, स्थानीय तहहरु लगायत विकास निर्माण सँग सम्बन्धीत कार्यालय साविक बमोजिम सञ्चालन गर्ने सो बाहेक अन्य सकारी तथा अर्ध सरकारी, गैरसरकारी संस्थाका कार्यालयहरु दैनिक प्रशासनिक वाहेक अन्य सेवा स्थगित गर्ने । कृषि तथा पशुजन्य कार्यको लागि सकारी कार्यालय एव गैर सरकारी संघ संस्थाहरुले सेवा सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुषालद्धारा जारी निषेधाज्ञामा उल्लेख छ ।