> राष्ट्रिय > खलंगा आधारभुत विद्यालयमा अक्षयकोष स्थापना


खलंगा आधारभुत विद्यालयमा अक्षयकोष स्थापना

प्युठान । सदरमुकाम खलंगा स्थित खलंगा आधारभुत विद्यालयमा ५० हजार रुपियाँको अक्षयकोष स्थापना भएको छ ।

 

मल्लरानी गाउँपालिका -४ सरस्वतीटोल खलंगा प्युठान (हाल लिवाङ्ग रोल्पा) निवासी पुष्पा श्रेष्ठले अक्षयकोष स्थापना गर्नुभएको हो ।


खलंगा सरोकार समुह, प्युठानको पहलमा उहाँले ससुरा स्व. जितवहादुर तथा पति स्व. ध्रुव श्रेष्ठको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको हो ।

 

कोषबाट प्राप्त ब्याजको रकमबाट बिद्यालयको अन्तिम परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने एक-एक जना छात्र- छात्रालाई
२ हजारका दरले छात्रवृत्ति प्रदान गरिने भएको छ ।

स्वर्गीय जितबहादुर श्रेष्ठले सोही बिद्यालयमा स्थापनाकालदेखी अध्यापन गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *