समाज

चट्याङ लागेर प्यूठानमा दुई जना घाइते

प्यूठान । प्यूठानको मल्लरानी गाउँपालिकामा चट्याङ लागेर दुई जना घाइते भएका छन्।

बुधवार साँझ परेको चट्याङबाट मल्लरानी गाउँपालिका–२, सिउते निवासी ७१ वर्षीया रेमकला घर्ती मगर र उहाँकी ३२ वर्षीया बुहारी धनमाया घर्ती मगर घाइते हुनुभएको हो ।

चट्याङ लागेर घाइते दुवै जनाको धरमपानी स्वास्थ्य चौकी चुँजाठाँटीमा उपचार भइरहेको छ।

Related Articles

Back to top button