> समाज > प्यूठानको नारीकोट घटना :घरायसी विवादमा श्रीमतीले दाउराले हानिन्, श्रीमानले २ मिनेट घाँटी थिचेर हत्या गरे


प्यूठानको नारीकोट घटना :घरायसी विवादमा श्रीमतीले दाउराले हानिन्, श्रीमानले २ मिनेट घाँटी थिचेर हत्या गरे

प्यूठान, १२ भाद्र । गौमुखी गाउँपालिका वडा नं. ७ मा एक महिलाको हत्याको अभियोगमा तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

घरायसी विवादमा स्थानीय २४ वर्षीय हरि विश्वकर्माले आफ्नै श्रीमती माया सुनार(विश्वकर्मा)लाई घाँटी थिची हत्या गरेको अभियोगमा पुर्पक्षका लागि जेल चलान भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

घटनामा संलग्न भएको अभियोगमा ५९ वर्षीय ससुराबुवा पुट्के कामी र छिमेकी १९ वर्षीय पवन भन्ने महेन्द्र सार्की समेत कारागार चलान भएका छन् । पुट्के कामीलाई १ लाख ५० हजार र महेन्द्र सार्कीलाई १ लाख धरौटी माग भएकोमा धरौटी रकम बुझाउन नसकी कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख नरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो ।

साउन १७ गते गौमुखी गाउापालिका वडा नं. ७ को मालागिरी एरियाको झिमरुक नदीमा महिलाको शव फेला परेको थियो । प्रहरीले घटनाको अनुसन्धान गरि सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो । जिल्ला अदालतले विहीबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साउन १४ गते घटना भएको हो । घरायसी विवादका क्रममा श्रीमतीले दाउराले श्रीमानलाई हानिन । श्रीमानले २ मिनेट श्रीमतिको घाँटी थिच्दा मृत्यु भएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *