> समाज > स्वर्गद्वारीमा २६ सैया क्षमताको पूर्ण व्यवस्थित आईसोलेसन


स्वर्गद्वारीमा २६ सैया क्षमताको पूर्ण व्यवस्थित आईसोलेसन

झइन्द्र भण्डारी
प्यूठान(भिंगृ), २२ जेठ । स्वर्गद्वारी नगरपालिकामा २६ सैया क्षमताको आईसोलेसन शाखा तयार गरिएको छ ।

नगरपालिकामा पहिलो कोरोना संक्रमित भेटीएसङ्गै आफ्नो क्षेत्रका संक्रमितलाई व्यवस्थित रूपमा उपचार गर्ने गरि प्राथमिक स्वास्थ्य चौकी भिङ्ग्रीमा ३ र सूचना प्राविधिक पार्क जिमुरपाटामा रहेको सभाहलमा २३ सैयाको आइसोलेसन तयार गरिएको हो ।

सामान्य अवस्थामा रहेका संक्रमितलाई जिल्ला बाहिरका अस्पतालहरूमा पठाउँदा उनीहरुको हेरबिचार तथा रेखदेख गर्न समस्या हुने भन्दै नगरपालिकामै व्यवस्थित आईसोलेसन तयार गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

जिल्लामै पहिलो पूर्ण व्यवस्थित आईसोलेसन स्वर्गद्वारीमा तयार भएको जानकारी दिदै प्राथमिक स्वास्थ्य केन्द्र भिंगृका प्रमुख डा. राजेन्द्र पौडेलले स्वर्गद्वारी नगरबासीलाई मात्र होइन आवश्यक परेको अवस्थामा जिल्लाको अन्य पालिकाका संक्रमितलाई पनि उक्त आइसोलेसनमा व्यवस्थित गर्न सकिने बताउनुभयो ।

जिल्ला बाहिरका कोरोना विशेष अस्पतालहरू लक्षण देखिएका संक्रमितले भरिभराउ छन, उहाँले भन्नुभयो, यस्तो कठिन अवस्थामा सामान्य तथा लक्षण नदेखिएका संक्रमितलाई विशेष अस्पतालले नलिन सक्छ । उनीहरूले विषेश रेखदेख नपाएर अवस्था कठिन हुन सक्ने हुँदा राष्ट्रको नीति अनुसार जिल्लाभित्रका सामान्य संक्रमितलाई विशेष सुविधाको लागि उक्त आईसोलेसन तयार गरिएको हो ।

डाक्टर पौडेलले आवश्यकता अनुसार बाझिपुरमा रहेको अमर क्याम्पसको भवनलाई पनि आईसोलेसन शाखाको रूपमा निर्माण गरि बिस्तार गर्न सकिने बताउनु भयो । पौडेलका अनुसार अहिलेको तयारी आईसोलेसन २६ सैया क्षमताको भएपनी करिब १५ संक्रमित थपिएको अवस्थामा अन्य आइसोलेसन तयारी गर्नु पर्ने हुन्छ । यसको पूर्व तयारीमा नगरपालिका तथा स्वास्थ्य शाखा रहेको छ। अहिले तयार भएको आईसोलेसनमा आवश्यक सम्पूर्ण पूर्वाधारहरू छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *