> राष्ट्रिय > ऐरावतीका २५ घरलाई लायन्स क्लवको राहत


ऐरावतीका २५ घरलाई लायन्स क्लवको राहत

प्यूठान । पहिरोबाट विस्थापित भएका परिवारलाई तत्काल आवश्यक पर्ने राहत सामाग्री उपलब्ध गराउन राहत अभियान थालेको लायन्स क्लव अफ प्यूठानले आज ऐरावतीका पहिरो प्रभावितलाई राहत उपलब्ध गराएको छ ।

 


लायन्स क्लव अफ प्यूठानले ऐरावती गाउँपालिका-४ तिग्रापातालका २५ परिवारलाई आज राहत वितरण गरेको सचिव नविन कुमार श्रेष्ठले जानकारी दिनुभयो । पहिरोबाट विस्थापित भएर धुवाङको पद्मोदय माध्यमिक विद्यालयमा बसेका २५ परिवारलाई गाउँपालिका, प्रहरी प्रशासनको रोहवरमा राहत सामाग्री वितरण गरेको उहाँले जानकारी दिनुभयो । वडा अध्यक्ष शंकर भण्डारी, स्थानीय प्रहरी प्रतिनिधिको रोहवरमा सामाग्री प्रदान गरिएको हो ।

३ महिनाको शिसु सहित विद्यालयमा बास
हिजो आईतबार दिउँसो घर छाडेका स्थानीय दिनभर घर माथिको जङ्गलमा बसे । जङ्गलमा पानी परेपछि उनीहरुलाई धुवाङको पद्मोदय माध्यमि विद्यालयमा झारिएको हो । अझै केहि युवाहरु जङ्गलमै बसिरहेका छन् ।

विद्यालयमा ३ महिनाको बच्चा सहितका व्यक्तिहरु बसेको राहत वितरणमा सहभागी लायन्स क्लव अफ प्यूठानका सदस्य कमल श्रेष्ठले बताउनुभयो । बालबालिका, महिला, जेष्ठ नागरिक विद्यालयमा अस्थायी रुपमा बसोबास गरेको उहाँले जानकारी दिनुभयो ।

लायन्स क्लवले तत्काल आवश्यक पर्ने कम्मल, चामल, दाल, तेल, चिउरा, नुन लगायतका राहत सामाग्री वितरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *