प्यूठान । नेपाल प्रेस युनियन प्यूठान शाखाको नवौं जिल्ला अधिबेशनले पदम सुबेदीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसम्मत निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा बिमल प्रसाद पोख्रेल, महिला उपाध्यक्ष शुसिला बुढा, सचिव सागर रिजाल, कोषाध्यक्ष प्रमोद ओलि र सहसचिव बिन्दु परियार रहनुभएको छ ।
सदस्यहरुमा भिमकला कवर, रेखा खत्री, झइन्द्र भण्डारी, राजन केसी, विशाल विश्वकर्मा रहनुभएको छ ।
प्रदेश अधिवेशन प्रतिनिधिमा राजेश जि.सी. बिन्दु परियार, विष्णु प्रसाद न्यौपाने, टुकमान रोका क्षेत्री र रबिन बि.क. रहनुभएको छ ।
संघीय महाधिवेशन प्रतिनिधिहरुमा श्रीराम भण्डारी, मधुसुदन भण्डारी, नर्मदा भट्ट, शम्सेर बिक्रम जि.सी., जोगेन्द्रे बहादुर मल्ल र केसब श्रेष्ठ रहनुभएको छ ।
अधिबेशनको उद्घाटन केन्द्रीय अध्यक्ष शिव लम्सालले गर्नुभएको थियो ।





