> समाज > लक डाउन खुकुलो भयो, सावधानी यसरी अपनाउनुहोस्


लक डाउन खुकुलो भयो, सावधानी यसरी अपनाउनुहोस्

प्यूठान, १ असार । लामो समयको लक डाउनका कारण अर्थतन्त्रमा नराम्रो गरी असर पु¥याएको भन्दै सरकारले लक डाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ ।

आज असार १ गतेदेखि सबै सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, गैर सरकारी तथा नीजि क्षेत्रका कार्यालय र बैंक तथा वित्तिय संस्थाहरु दुई सिफ्टमा संचालन हुने भएका छन् । विहान ८ बजेदेखि १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा संचालन गर्ने गृह मन्त्रालयले परिपत्र गरेको छ ।

लक डाउन खुकुलो भए पनि कोरोना भाईरस संक्रमणको जोखिम भने उत्तिकै छ । हालसम्म संक्रमण क्वारेन्टाईनमा मात्र देखिएको छ । केहि समुदायमा देखिएको संक्रमण नियन्त्रणमा आईसकेको छ । समुदायमा संक्रमण देखिन नदिन हामीले सावधान अपनाउन जरुरी छ ।

जरुरी कामका लागि घर बाहिर निस्कदैँ हुनुहुन्छ भने हाम्रो आनिवानीमा अनिवार्य सुधार गर्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीको सुझाव छ । ‘सवैले एसएमएस (SMS) विधि अपनाउनु पर्छ ।’ ,उहाँले भन्नुभयो, ‘एसएमएस (SMS), भन्नाले सेसियल डिष्टेन्स (Social Distance), युज अफ माष्क (Use of Mask), स्यानेटाईजिङ (Sanitizing) वा ह्याण्ड वाससिङ (Hand washing) ।’

घर बाहिर निस्कदाँ अनिवार्य रुपमा भौतिक दुरी कायम गर्ने (कम्तिमा २ मिटर), माष्कको अनिवार्य प्रयोग गर्ने र नियमित रुपमा सावुन पानीले वा स्यानिटाईजरले हात हुने गर्नुपर्दछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुकुलो लक डाउनमा के गर्ने, के नगर्ने भन्नका लागि कोभिड १९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्यका मापदण्ड, २०७७ जारी गरेको छ ।

मापदण्ड बारे पुरा पढ्न यहाँ क्लिक गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!