समाज

विद्युत बिस्तार र नियमितको माग गर्दै कांग्रेस गौमुखीको ध्यानाकर्षण

प्यूठान । गौमुखी गाउँपालिका क्षेत्रमा हुने अनियमितता विद्युतलाई नियमित गराउँदै बिस्तार गर्न नेपाली कांग्रेसले ध्यानाकर्षण गराएको छ । विद्युत प्राधिकरण बितरण केन्द्र जुम्रीलाई यस्तो माग सहितको ज्ञापनपत्र बुझाएको हो ।

गाउँपालिकामा लामो समयदेखि देखिँदै आएको विद्युत आपूर्ति सम्बन्धी समस्या प्रति कार्यालयको ध्यानाकर्षण गराउदै जिल्लाको दुर्गम क्षेत्र मानिने गौमुखी गाउँपालिका क्षेत्रमा बिस्तारको माग गरेको हो ।

मुख्यतया साँझ ६ बजेदेखि राति १० बजेसम्म अघोषित लोडसेडिङका कारण पटक-पटक विद्युत आपूर्ति अवरुद्ध हुने,  अधिकांश स्थानमा रूख तथा बोट बिरुवाले विद्युतका तार छोएका कारण विद्युत आपूर्तिमा अवरोध हुनुका साथै दुर्घटनाको जोखिम बढ्नु, विद्युत बारम्बार आउने-जाने (भोल्टेज उतारचढाव) हुँदा सरकारी तथा निजी कार्यालय, विद्यालय र अन्य सेवा प्रदायक संस्थाहरूको दैनिक सेवा प्रवाह प्रभावित भई सेवाग्राहीले सास्ती व्यहोर्नु परेको ज्ञापन पत्रमा उल्लेख छ ।

दीर्घकालीन र प्रभावकारी समाधानका लागि ध्यानाकर्षण गराइएकाे कांग्रेस गौमुखी गाउँपालिका सभापति मधुराम केसिले बताउनुभयो ।

पछिल्लो समय प्युठान जिल्लाभर नै विद्युत अनियमितताकाे समस्या देखिएकाे छ ।

 

Related Articles

Back to top button