> समाज > यूवा क्लब मार्फत सामाजिक क्षेत्रका काम


यूवा क्लब मार्फत सामाजिक क्षेत्रका काम

सागर रिजाल
प्यूठान, २१ मंसिर । प्यूठानमा यूवा क्लब गठन गरी सामाजिक कार्य थालनी गरिएको छ । जिल्लाका नौ वटै स्थानीय तहका युवाहरु एकिकृत भई जनकल्याण यूवा क्लब गठन गरी सामाजिक क्षेत्रका काम थालनी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय प्यूठानमा ०७७ असोज ३० गते दर्ता भएको क्लबले दर्ता लगत्तै सामाजिक क्षेत्रका काम थालनी गरेको क्लबका अध्यक्ष विकाश पोख्रेलले बताउनुभयो । जिल्लाका एक सय बढी युवाहरु यस क्लबमा आवद्ध रहेको उहाँको भनाई छ । यूवा क्लब मार्फत प्यूठान नगरपालिका वडा नं २ क्वाडीमा प्रतिक्षालय निर्माण गरिएको छ । मुख्य चोक रहेकाले यात्रुहरुलाई आवतजावतसंगै यस क्षेत्रका नागरिकलाई बस्नलाई सहज हुने उदेश्यले प्रतिक्षालय निर्माण गरिएको अध्यक्ष पोख्रेलले बताउनुभयो । पहिले चौतारा मात्र थियो, यात्रुसंगै अन्य व्यक्तिहरुलाई बस्नका लागि ठाउँ थिएन, उहाँले भन्नुभयो,–‘अब प्रतिक्षालय निर्माण ग¥यौ अब बस्न सहज हुनेछ ।’

प्रतिक्षालयसंगै प्यूठान नगपालिका वडा नं १ तल्लो क्वाडीबाट वडा नं ४ जुम्रीसम्म बजारक्षेत्रमा फोहोरमैला बढी हुने भएकाले फोहोर व्यवस्थापनका लागि विभिन्न ठाउँमा १० डस्बीन र १० कुचा राख्नुका साथै सचेतनामुलक कार्यक्रम गरिएको अध्यक्ष पोख्रेलले बताउनुभयो । क्लब मार्फत प्रतिक्षालयमा सोलार , गमला राख्ने योजना रहेको समेत उहाँको भनाई छ । त्यस्तै प्रतिक्षालय नजिकै धारा रहेपनि बिगत ७ वर्षदेखी पानी आएको थिएन पाईप, टुटी फेरी धारा पुनः सञ्चालन गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । यूवाहरुले व्यक्तिगत रुपमा करिब १ लाख रुपियाँ लागतमा प्रतिक्षालय निर्माण, फोहोर व्यवस्थापनका लागि डस्वीन र कुचा राखिएको उहाँले बताउनुभयो । प्यूठान नगरपालिकासंगै जिल्लाका अन्य स्थानीय तहमा पनि सामाजिक क्षेत्रका क्रियाकलापहरु सञ्चालन गरिने उहाँको भनाई छ ।

क्लब मार्फत स्थानीय स्तरमा यूवाहरुलाई खेलकुद लगायत अतिरिक्त क्रियाकलापको माध्यमबाट अनुशासित र समाजप्रति उत्तरदायी बनाउन सहयोग पुग्ने अध्यक्ष पोख्रेलले बताउनुभयो । त्यस्तै शिक्षा, स्वास्थ्य जस्ता कार्यहरुमा सचेतना कार्यक्रम गर्न, खाखेपानी, कुवा, पधेंरो, पाटी पौवाको संरक्षण, वन तथा बातावरण संरक्षण गर्न सहयोग पुग्ने उहाँको भनाई छ ।

लागुऔषध दुव्र्यसनीहरुलाई लागुऔषध सेवन गर्नबाट निरुत्साहित गर्न सचेतनामुलक कार्यक्रम गर्ने, पछाडी पारिएका वर्ग समुदाय, बालबालिका, महिला, दलित, जनजातीहरुलाई समाजको मुलधारमा अगाडि बढाउन पहल गरिने समेत अध्यक्ष पोख्रेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *