समाज

बाढी प्रभावितहरुका लागि कालिका बिकास केन्द्रको ७१ हजार सहयोग

प्यूठान । बाढी प्रभावितहरूका लागि कालिका विकास केन्द्र नेपाल प्युठानले आर्थिक सहायता उपलब्ध गराएको छ । बाढी पछिको खोज, उद्वार, राहत तथा पुर्न निर्माणका लागि संस्थाले ७१ हजार ५० रुपैयाँ उपलब्ध गराएको हो ।

विपत्तीको दुःखद घडीमा आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नका लागि संस्थाका कार्यसमिति, आजीवन तथा साधारण सदस्यहरु, कर्मचारी र संस्थाका शुभचिन्तकहरुबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको संस्थाका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद राजभण्डारीले जानकारी दिनुभयो ।

गत भदौं १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक विनासकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्ला लगायतका क्षेत्रमा धनजनको क्षति, भौतिक संरचनाको विनास तथा हजारौ नागरिक प्रभावित भएका छ्न ।

Related Articles

Back to top button