> राष्ट्रिय > स्वर्गद्वारी प्यूठान महोत्सव : पालिका स्तरीय लोकदोहोरीमा प्रतिस्पर्धा


स्वर्गद्वारी प्यूठान महोत्सव : पालिका स्तरीय लोकदोहोरीमा प्रतिस्पर्धा

प्यूठान । स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सवमा पालिका स्तरीय लोक दोहोरी गीत प्रतियोगिता चलिरहेको छ । मेलाको दोस्रो दिनदेखि प्रतियोगिता सञ्चालन भएको हो ।

 

आज आईतबार झिमरुक गाउँपालिका र नौबहिनी गाउँपालिकाबीच दोहोरी भएको छ । यसअघि माण्डवी गाउँपालिका र गौमुखी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका र नौबहिनी गाउँपालिकाबीच दोहोरी भएको थियो ।

 

फागुन ८ गते सोमबार झिमरुक गाउँपालिका र स्वर्गद्वारी नगरपालिकाबीच प्रतिस्पर्धा हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्यूठानका निवर्तमान अध्यक्ष तुकमानसिंह कार्कीले बताउनुभयो ।

 

प्रतियोगिताको प्रथम पुरस्कार ४० हजार, द्धित्तिय पुरस्कार ३० हजार र तृत्तिय पुरस्कार २० हजार रुपियाँ रहेको छ ।

प्रतियाेगितामा सरूमारानी गाउँपालिका, ऐरावती गाउँपालिका र मल्लरानी गाउँपालिकाबाट सहभागि भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *