प्यूठान । सार्बजनिक हितका निम्ति खोजिएको सूचना अधिकारीले दिनुपर्ने प्रतिनिधि सभा सदस्य सूर्य थापाले बताउनुभएकोछ ।
शुक्रवार खलंगामा सूचनाको हक सम्बन्धि जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले भन्नुभयो, `अधिकारीको तजबिजले होइन, सूचना दिनुपर्छ ।´ सबै सार्बजनिक निकायले जानकारी दिएर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
सूचनाको हक सम्बन्धि ऐनले दिएको अधिकारलाई उपयोग गरि सूचनालाई सार्बजनिक र नागरिक हितमा सदुपयोग हुने गरि प्रयोगमा ल्याउनुपर्ने उहाँले बताउनुभयो ।
राष्ट्रिय सूचना आगोगको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित कार्यालय प्रमुख, सूचना अधिकारी र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
