साहित्य सृजना

काँधमा काँध जोरेर पार गरौ बिपतलाई

कबिता

काँधमा काँध जोरेर पार गरौ बिपतलाई

अपशोच आयो नि त्यो नरसिंह अवतार बनेर आयो
निर्मम क्रूर नरभक्षी अनि पिपासु भएर आयो
राखेन दया र माया नछोडी केही लगेर गयो
खण्डहर उजाड बनाउदै बस्ती घिसार्दै लयो

बनेर आयो दानब घिसार्दै मानव चोइट्याउदै लयो
रिसाहा बैरी बनेर आयो अबालबृद्द्बनिता सबै लगेर गयो
सुनेन चीत्कार बुझेन जिजिभिशा पछार्दै लयो
हिलाम्मे बनाइ मानव बस्ती पछार्दै लयो

पुर्वसुचना प्रणाली हाम्रो भयो कि कमजोर
भाग्न नि नदिइ मुन्ट्याउदै लग्यो बनेर कठोर
दुखमा दुखी हुनुको साटो तान्दछ्न मुन्द्रा दानबै बनेर
सकेको गरौ सहयोग बरु नबसौ रमिते बनेर

सास खोजौ अजै सुरुङ्गमा अनि जङ्गलका भित्तामा
ब्यवस्थापन गरि लासलाई सकभर पुर्‍याउ है घरैमा
नबनाउ एकचिहान हतार गरि बुझौन आफन्ती भावना
यमराज बन्यो त्यो भोटेकोशी गरौ मिलेर सामना

सिकायो पाठ तटीय क्षेत्र खतरा छ्न बस्नलाई
सकिन्न आफ्नो बसमा पार्न प्राकृतिक बिपतलाई
संकटमा गरौं सकेको सहयोग त्यागेर स्वार्थलाई
रोएर होइन काधमा काध जोरेर पार गरौं बिपतलाई ।

– ध्रुव गिरी
उपाध्यक्ष
प्रलेश लुम्बिनी प्रदेश समिती
२०८३/०५/१२

Related Articles

Back to top button