> राष्ट्रिय > स्वर्गद्वारीबाट शुरु भयो साहित्य संगीत महोत्सव


स्वर्गद्वारीबाट शुरु भयो साहित्य संगीत महोत्सव

प्यूठान । जिल्लाको पवित्र धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीबाट बृहत साहित्य/संगीत महोत्सव शुरु भएको छ । पर्यटन दिवसको अवसरमा जिल्लाको पर्यटकीय क्षेत्रको प्रचार-प्रसार तथा प्रर्वद्धन गर्ने उदेश्यले साहित्य/संगीत महोत्सव उद्घाटन गरिएको हो ।

 

उद्घाटनको कार्यक्रमसँगै विभिन्न कलाकारहरुको रचना बाचन, प्रवचन, पुस्तक लोकार्पण लगायतका कार्यक्रम गरिएको आयोजक साहित्य परिषद प्यूठानले जनाएको छ । ३ दिने महोत्सवको आज दोस्रो दिन झिमरुक गाउँपालिकाको ओखरकोट र मल्लरानी गाउँपालिकाको मल्लरानीमा कार्यक्रम हुँदैछ ।

भोलि जनता मावि बाग्दुलामा कविता प्रतियोगिता, सम्मान तथा पुरस्कार वितरण सहित कार्यक्रम समापन हुने आयोजकले जनाएको छ ।
महोत्सवका लागि विभिन्न जिल्लाबाट साहित्यीक श्रष्टाहरुले सहभागिता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *