प्यूठान । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आर्थिक वर्ष २०८२/८३ को वार्षिक समिक्षा सम्पन्न गरेको छ । विहिवार खलंगामा आयोजित समिक्षा कार्यक्रममा बालवालिकालाई खुवाईदै आएको स्वर्ण विन्दु प्रासनका विषयमा गम्भिर छलफल भएको छ ।
प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईले स्वर्णविन्दु प्रासनलाई स्थानिय स्तरमै लगेर खुवाउन निर्देशन गर्नुभयो । अहिले जिल्लाका केहि पालिकाहरुले आफ्नै पालिकाबाट बालवालिकाहरुलाई स्वर्णविन्दु प्रासन खुवाउने तयारीमा रहेका छन । बाँकि स्थानीय तहहरुसंग पनि सहकार्य गरि सवै बावबालिकाको पहुँचसम्म स्वर्ण विन्दु प्रासन कार्यक्रमलाई लैजाने तयारीमा रहेको आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका अध्यक्ष रमेश विश्वकर्माले बताउनुभयो ।
जिल्लाभरवाट अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ४८ हजार ३ सय ५४ जना विरामीले आयुर्वेदिक सेवा लिएका थिए भने गत आर्थिक वर्षमा ४३ हजार ८ सय ८९ जनाले आयुर्वेदिक सेवा लिएका हुन । सेवाग्राहीको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा घट्दो क्रममा रहेको छ ।
पालिकाले समयमै कर्मचारी भर्ना नगर्नाले सेवाग्राहीको संख्या घटेको हुनसक्ने कार्यालयका निमित्त प्रमुख टुक बहादुर रोकाले बताउनुभयो । जिल्लाका ६४ वडा मध्य ५६ वडामा नागरिक आरोग्य समिति गठन भएको छ ।
समितिहरु मार्फत नागरिकहरुलाई नसर्नेरोग, जंगफुट, योग प्रणायम, स्वस्थ जिवनशैली, भान्सा सुधार लगायतका विषयमा सचेत गराउदै आएको छ ।
९ वटा स्थानीय तह रहेको प्यूठान जिल्लामा एक स्थानमा आयुर्वेद स्वास्थ्य केन्द, ३ स्थानमा आयुर्वेद औसधालय , ७ स्थानमा नागरिक आरोग्य केन्द्र र एक स्थानमा विस्तारीत आयुर्वेद स्वास्थ्य केन्द्र गरि १२ स्थानबाट आयुर्वेदिक सेवा प्रवाह भैरहेको छ ।
समिक्षा कार्यक्रममा २ जना कर्मचारी सामना परियार र माया खड्कालाई सम्मान समेत गरिएको छ । मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुुर खड्का, स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य अधिकृत प्रभा ज्ञवाली, पतन्जली योग समिति लुम्विनी प्रदेसका संयोजक डाक्टर ओमहरी भट्टराई, जिल्ला स्तरिय नागरिक आरोग्य समितिका सदस्य लक्ष्मी श्रेष्ठ, बुकि मिडिया प्रालिका अध्यक्ष बोमबहादुर परियार लगायतले मन्तव्य राख्नुभएको थियो ।
आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका अध्यक्ष रमेश विश्वकर्माको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको संचालन डाक्टर तारा पोख्रेलले गर्नुभएको थियो ।





