समाज

राष्ट्रिय धान दिवसको अवसरमा उत्कृष्ट किसानलाई सम्मान

प्यूठान । २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको अवसरमा प्यूठानका उत्कृष्ट किसानलाई सम्मान गरिएको छ । दिवसको अवसरमा खैरामा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।

सम्मानित हुने किसानहरुमा चैते धान तर्फ स्वर्गद्वारी नगरपालिकाका जितेन्द्र केसी, अदुवा बेसारतर्फ नौबहिनी  गाउँपालिकाका सीताराम केसी, तरकारी तथा बिउ उत्पादन तर्फ मल्लरानी गाउँपालिकाका अमर बहादुर जीएम, ताजा तरकारी तर्फ प्यूठान नगरपालिका ८ कि सरस्वती गिरी र व्यवसायिक कृषि उद्यमी भोजबहादुर बस्नेत रहेका छ्न ।

शिवशक्ति बहुउद्देश्य कृषि सहकारी संस्था खैराकी अध्यक्ष तिला बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसी रहनुभएको थियो ।

Related Articles

Back to top button