प्यूठान, १५ असार । पुर्बी प्यूठानबाट जिल्लामा सलह किरा भित्रएको छ । मल्लरानी गाउँपालिका-२ चुजा खरिण्डाडाबाट जिल्ला भित्रिएको हो ।
आज ३ हुल सलह भित्रिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानका निमित्त प्रमुख सुमन खनालले बताउनुभयो । पुर्ब पश्चिम बेगमा किरा आएको उहाँले जानकारी दिनुभयो ।
आज २ बजे साढे ३ बजे र ४ बजे हुल सहित सलह आएको खनालले बताउनुभयो । उहाँका अनुसार हुलको दिशा भिङ्री हुँदै रोल्पा जानसक्ने छ । सलह पाल्पा अर्घाखाँची हुँदै प्युठान आएको हो ।
यसअघि जिल्लामा फाट्टफुट्ट मात्रामा सलह देखिएको थियो । सरुमारानिको बाङेसालमा केही सलह हिजो देखिएको थियो ।
यो समाचार तयार गर्दै गर्दा बरौलामा समेत ठूलो झुन्डमा सलह देखिएको छ ।
यसरी साबधानी अपनाउन सकिन्छ
