> समाज > प्यूठानमा एकैदिन ६० जनाले गरे रक्तदान


प्यूठानमा एकैदिन ६० जनाले गरे रक्तदान

प्यूठान । जिल्लामा गरिएको एक कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् । प्यूठान नगरपालिकाको आयोजना र नेपाल स्वयंमसेवी रक्तदाता समाज प्यूठान र रुपन्देहीको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको हो ।

 

नेपाल रेडक्रस सोसाइटी रुपन्देही रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा ६० जनाले रक्तदान गरेको रक्तदाता समाजका केन्द्रीय सदस्य मनु लामाले जानकारी दिनुभयो ।

 

कार्यक्रम प्यूठान नगरपालिकाको प्राङ्गगणमा गरिएको थियो ।