समाज

प्यूठान जिल्ला पुर्णखोप दिगोपना सुनिश्चितता घोषणा

प्यूठान । जिल्लालाई पुर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । बिहिबार एक कार्यक्रम बीच यस्तो घोषणा गरिएको हो ।

१५ महिना उमेरसम्मका ४ हजार ४३०, १६-२३ महिनाका ४ हजार ३४०, २४-५९ महिनाका २१ हजार २०८ बालबालिकालाई यस वर्ष पुर्ण खोप दिइएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख नरेशबाबू श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा रहेका ३ हजार २५२ खोप क्लिनिकबाट ५ हजार २२४ गर्भवतीलाई पुर्ण खोप दिइएको उहाँले बताउनुभयो ।

खोप अभियानलाई सफल बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने ९ वटा पालिकाका ९ जना उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ ।

पहिलो पटक २०७२ पुस १५ गते घोषणा गरिएकोमा यसलाई नियमित रुपमा दिगोपना दिइएको जिल्ला खोप समन्वय समितिका प्रमुख धरम जिसीले बताउनुभयो ।

गर्भवती महिला र बालबालिकाहरुलाई १४ बटा सरुवा रोगबाट बच्न ९ प्रकारका खोप दिदै आइएको छ । तीनै तहका सरकारको सहभागीता, सक्रियता र समन्वयमा संचालन हुने राष्ट्रिय खोप कार्यक्रम नेपाल सरकारको नमुना र प्रभावकारी कार्यक्रम रहेको लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री तुल्सीराम शर्माले बताउनुभयो ।

खोप कार्यक्रम संचालनका लागि संस्थागत रुपमै निगरानी, अनुगमन र नियमित जानकारी गराउने कार्यशैली भौतिक पुर्वाधार निर्माणका काममा समेत लागू गर्नेगरी सिक्न योग्य अभ्यास हुने गरेको लुम्बिनी प्रदेश सभा सदस्य नीमा गिरीले बताउनुभयो ।

कार्यक्रममा प्यूठान नगरपालिकाका प्रमुख बिष्णु योगी, प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईं लगायतले शुभकामना दिनुभएको थियो । स्वास्थ्य कार्यालय प्रमुखले प्रगती प्रतिबेदन पेश गर्नुभएको कार्यक्रमको संचालन स्वास्थ्य कार्यालयका कौसल बैधले गर्नुभएको थियो ।

Related Articles

Back to top button