> समाज > प्यूठान उद्योग बाणिज्य संघको साधारण सभा चैत्र ३ गते


प्यूठान उद्योग बाणिज्य संघको साधारण सभा चैत्र ३ गते

प्यूठान । प्यूठान उद्योग बाणिज्य संघको २६ औं बार्षिक साधारण सभा यहि चैत्र ३ गते शनिवार जुम्रिमा हुने भएको छ । आज बसेको कार्यसमितिको बैठकले साधारण सभाका कार्यक्रमहरु तय गरेको हो ।

 

 

संघको १२ औं कार्यसमितिको पन्ध्रै बैठक अध्यक्ष पशुपति नारायण नकर्मीको अध्यक्षतामा संघको सचािवलयमा सम्पन्न भएको हो । उक्त बैठकले साधारण सभा सम्पन्न गर्नको लागि उपसमिति गठन गरेकोछ ।

 

 

बैठकले साधारण सभामा पेश गर्ने महासचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम पारित गरेको छ । जिल्लामा उपलब्ध हुने कच्चा पदार्थको प्रशोधन गरी उद्योगहरु स्थापनाका लागि जिल्लामा लगानीमैत्री वातावरण सिर्जना गर्न संघले भूमिका निर्वाह गर्नुपर्ने संघका निवर्तमान अध्यक्ष केदारमान कक्षपतिले बैठकमा सुझाव राख्नुभयो ।

 

 

बजार क्षेत्रमा सम्पन्न भएका साधारण सभाका बारेमा बजार क्षेत्रका अध्यक्षहरुले जानकारी गराएका थिए । ती साधारण सभामा उठेका सवालहरुलाई कार्यान्वयन र सम्वन्धीत निकायसँग छलफलमा लैजाने संघका अध्यक्ष पशुपति नारायण नकर्मीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *