प्यूठान, २ असोज । नेपाल निजामति कर्मचारी संगठनको समिति पुर्नगठन भएको छ ।
समितिका अध्यक्ष टुक बहादुर रोकाको अध्यक्षतामा बसेको बैठकले रिक्त रहेको पदपुर्ति गरेको हो ।
बैठकको निर्णयअनुसार समितिको उपाध्यक्ष भक्तराज गिरी, सह सचिव यमलाल कडेँल, सदस्य जुमानसिंह नेपाली, लिला सोमै, विमल रिजाल, प्रेम प्रसाद रिजाल रहनुभएको छ ।
बैठकले निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको असोज २४ गते हुन लागेको निर्वाचनका लागि तयारी थाल्ने निर्णय गरेको छ । जसका लागि विभिन्न जिम्मेवारी बाँडफाँड गरिएको संगठनका अध्यक्ष रोकाले जानकारी दिनुभयो ।






