प्यूठान । माण्डवी गाउँपालिका प्यूठानका बालबालिकाहरुले बार्षिक कार्य योजना निर्माण गरेका छन् ।
बालबालिकाहरुका सवालहरुको पहिचान गरी कार्यक्रम कार्यान्वयनका लागि योजना निर्माण गरेका हुन् । कुन महिनामा के के गतिविधि संचालन गर्ने र जिम्मेवार तथा सहभागी हुने निकायहरु को को हुने भन्ने स्पष्ट योजना सहितको कार्य योजना निर्माण गरेका छ्न ।
दुई दिन सम्म चलेको तालिम पश्चात बालकालिकाहरुले बैशाख महिनामा विद्यार्थी भर्ना अभियान, जेठमा स्वास्थ्य तथा सरसफाई, असारमा डिजिटल तथा अनलाईन सुरक्षा, साउनमा विपद्को जोखिममा बालबालिका, भदौंमा बाल अधिकार अभियान, असोजमा संस्थागत तथा व्यक्तित्व क्षमता विकास सम्बन्धि अभियानहरु संचालन गर्ने योजना बनाएका छ्न ।
कार्तिक महिनामा सांस्कृतिक कार्यक्रम मार्फत सचेतनामुलक कार्यक्रम, मंसिर महिनामा बाल विवाह विरुद्धको अभियान, पुस महिनामा अभिभावक शिक्षा कार्यक्रम, माघमा बालमैत्री स्थानीय शासन तथा बाल श्रम, फागुनमा परीक्षा केन्द्रीत कार्यक्रम र चैत्र महिनामा क्लव तथा सञ्जालको भेला तथा पुर्नः गठन सम्वन्धी योजना निर्माण गरेका छ्न ।






