प्यूठान, १५ जेठ । जिल्ला कारागार प्यूठानमा सजाय भुक्तानी गरिरहेका प्यूठान नगरपालिका २ का मनोज भनिने कृष्णबहादुर धामी रिहा हुनुभएको छ ।
गणतन्त्र दिवशको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गर्नुभएको कैद सजाय मिनाहबाट उहाँ रिहा हुनुभएको कारागार प्यूठानले जनाएको छ । अदालतले सवारी दुर्घटनाको मुद्धामा तीन वर्ष कैद सजाय फैसला गरेको थियो । ४६ प्रतिशत कैद सजाय मिनाहा पाएको कारागारका कार्यालय प्रमुख सूर्यबहादुर पन्तले जानकारी दिनुभयो ।
१२ औं गणतन्त्र दिवसको अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रिपतिले २३३ जना कैदीहरुको बाँकी कैद सजाय माफी मिनाहा गर्नुभएको हो ।
यसैविच वहुविवाह मुद्दाको अभियोगमा कैद रहनुभएका नौबहिनि गाउँपालिका १ निवासी स्यामकला थापा आजै कैदमुक्त हुनुभएको छ ।
