समाज

झिमरुक खोलामा डुबेर घाईते भएका बालकको उपचारको क्रममा ज्यान गयो

प्यूठान । झिमरुक खोलामा पौडी खेल्ने क्रममा घाइते भएका बालकको उपचारको क्रममा ज्यान गएको छ । प्यूठान नगरपालिका-१ खैराका १४ वर्षीय नोबेल आचार्यको जिल्ला अस्पताल बिजुवारको उपचारको क्रममा ज्यान गएको हो ।

खोलामा डुबेर घाइते भएको खबर पाएपछि उनलाई उद्वार गरि अस्पताल पुर्‍याए पश्चात ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

दिउँसो साढे ४ बजेको समयमा प्रहरीमा प्रहरीलाई खबर प्राप्त भएकोमा बालकको उपचारको क्रममा साढे ५ बजे ज्यान गएको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button