> राष्ट्रिय > चाल्नेटार विमानस्थल निर्माणका लागि इन्भेष्टमेन्ट समिट : जग्गा अधिग्रहणलाई प्राथमिकता


चाल्नेटार विमानस्थल निर्माणका लागि इन्भेष्टमेन्ट समिट : जग्गा अधिग्रहणलाई प्राथमिकता

प्यूठान, ४ पुस । स्वर्गद्वारी नगरपालिका–८ बर्जिवाङ स्थित चाल्नेटारमा ‘स्वर्गद्वारी विमानस्थल’ निर्माण प्रक्रिया अघि बढाउन जिल्लाका सरोकारवालाले चासो दिएका छन् । जिल्लाकै गौरवको आयोजनाको रुपमा रहेको ‘स्वर्गद्वारी विमानस्थल’ को निर्माण प्रक्रियालाई अघि बढाउन जिल्ला स्थित सरोकारवालाले चासो दिएका हुन् ।

त्यसका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गरि नागरिक उड्ययन प्राधिकरणको नाममा जग्गा हस्तान्तरण गरिने भएको छ । शुक्रवार स्वर्गद्धारी नगरपालिकाले आयोजना गरेको छलफल तथा अन्र्तक्रिया कार्यक्रम ‘इन्भेष्टमेन्ट समिट’मा सहभागी भएका सरोकारवालाले विमानस्थलको कामलाई गति दिन सवै पक्ष एकजुट हुनुपर्ने बताएका हुन् ।

जग्गा अधिग्रहणका लागि प्रति रोपनी ३ लाख रुपियाँ प्रभावित परिवारलाई क्षतिपुर्ति दिनुपर्नेछ । त्यसका लागि चार करोड ४६ लाख खर्च आवश्यक पर्नेछ । त्यसैगरि अधिग्रहण गरिने आवास लगायत अन्य संरचना पुर्नस्थापनाको लागि ३ करोड लाग्नेछ । उक्त रकम संकलन गरि जग्गा अधिग्रहण गरेर प्राधिकरणको नाममा हस्तान्तरण गर्न सके विमानस्थलको काम अघि बढ्ने नगरप्रमुख रोकाले बताउनुभयो ।

 

आयोजनाको लागत अनुमानित ७७ करोड रुपियाँ गरिएको छ । यसअघि विमानस्थलको ड्रोन मार्फत डिटेल सर्भे समेत गरिएको छ ।

 

नगरपालिकाका नगर प्रमुख नेत्र बहादुर रोका क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्य रहनुभएको थियो । कार्यक्रममा जिल्लाका सवै स्थानीय तहका प्रमुख लगायत सरोकारवालाको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *