समाज

प्यूठानका १५ जनालाई ३ सय ९० घण्टे पलम्बिङ्ग तालिम

प्यूठान । श्रम रोजगार ब्यबस्थापन कार्यक्रम अन्तर्गत ३ सय ९० घण्टे पलम्बिङ्ग तालिम आज खलंगामा सम्पन्न भएको छ ।

घरेलु तथा साना उद्योग बिकास कार्यालय प्युठानले आयोजना गरेको तालिमको समापनमा बोल्दै जिल्ला समन्वय समिती प्युठानका प्रमुख धरम बहादुर जिसिले तालिमबाट सिकेको शिपको बजार राम्रो रहेको उल्लेख गर्नुभयो । खानेपानिका योजना निमार्णमा जनशक्ति अभाब रहेको बताउदै उहाँले तालिमका सहभागीले योजना संचालन भएका स्थानीय तहसंग सहकार्य गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मल्लरानी गाउपालिकाका उपाध्यक्ष रमेश श्रेष्ठले प्राबिधिक ज्ञान प्राप्त गरेको जनशक्ति खालि बस्नपर्ने स्थिती नरहेको बताउनुभयो ।

घरेलु तथा साना उद्योग बिकास कार्यालय प्युठानका कार्यालय प्रमुख लोकराज थापाले यस आर्थिक बर्षको स्वीकृत कार्यक्रम अनुसार सिप हस्तान्तरण गर्ने तालिम संचालन गरिएको बताउनुभयो ।

फागुन ५ गते देखी सुरु भएको तालिममा १५ जना सहभागी थिए भने सुसिला घर्तिमगरले तालिमको सहजिकरण गर्नुभएको थियो ।

सहभागीले सिपसङ्गै प्रबिधि पनि दिन माग गरेका छन ।

Related Articles

Back to top button