> राष्ट्रिय > प्यूठानमा संस्थागत विद्यालयका शिक्षकलाई सम्मान


प्यूठानमा संस्थागत विद्यालयका शिक्षकलाई सम्मान

प्यूठान । प्यूठानका एक शिक्षकलाई विद्यार्थीले सम्मान गरेका छन् । प्यूठान नगरपालिका वडा नम्वर १० खरिवोट निवासी शिक्षक पशुपति श्रेष्ठलाई विद्यार्थीले सम्मान गर्दै सहयोग गरेका छन् ।

 

प्यूठान ब्राईट फ्यूचर इंगलिस बोर्डिङ स्कुलमा कार्यरत शिक्षक श्रेष्ठलाई आर्थिक अभाव भएको बेला आर्थिक सहयोग गरि सम्मान गरेका हुन् । स्थानीय मदन केसी, बाला खड्का र बादल केसीले शिक्षक श्रेष्ठलाई सहयोग गर्नुपर्छ भनेर अभियान सञ्चालन गरेपछि सहयोग संकलन भएको हो । विद्यार्थी, शुभचिन्तक लगायतबाट २ लाख ५ हजार ९ सय २४ रुपियाँ रकम संकलन गरि हस्तान्तरण गरिएको बाला खड्काले जानकारी दिनुभयो ।

 

“विद्यार्थीहरुबाट मात्र सहयोग संकलन गर्न खोजेका थियौ,” खड्काले भन्नुभयो, “अरु शुभचिन्तकले पनि सहयोग गर्नुभयो ।” श्रेष्ठको आमाको निधन भएको समयमा विद्यार्थीले सहयोग संकलन गरेर हस्तान्तरण गरेका हुन् । श्रेष्ठ अंग्रेजी शिक्षक हुनुहुन्छ ।
गाउँसमाजमा सरकारी विद्यालयका शिक्षक र नीजि विद्यालयका शिक्षकलाई हेर्ने दृष्टिकोण समेत फरक भएकोले शिक्षक श्रेष्ठलाई सम्मान गरिएको खड्काले बताउनुभयो । “शिक्षक श्रेष्ठलाई हामीले गरेको सहयोग होइन, सम्मान हो ।” खड्काले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *