प्यूठान । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले मोति माध्यमिक विद्यालाय बरौलाका विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
ट्राफिक नियमको पालना, सडक अनुशासन, पैदलयात्रीले दायाँतर्फ हिँड्ने, मोटरसाइकल तथा स्कुटरमा चालक र पछाडि बस्ने दुवैले हेल्मेट प्रयोग गर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउने, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्ने, जेब्राक्रसिङको प्रयोग गर्ने, ट्राफिक संकेत तथा चिन्हहरूको पालना गर्ने, सडक प्रयोग गर्दा सतर्क र जिम्मेवार बन्ने लगायतका विषयमा सचेतनामूलक प्रशिक्षण प्रदान गरिएको हो ।
कार्यक्रममा विद्यार्थी, शिक्षक, चालक तथा परिचालकहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरूलाई सुरक्षित र अनुशासित सडक संस्कृतिको विकासमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको सन्देश समेत दिइएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख बिष्णु प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।







