Bannerराष्ट्रिय

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्वार

हवाई उद्वार मार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ

प्यूठान । रोल्पा लुङ्ग्री गाउँपालिका-१ की १८ वर्षीया गर्भवती किशोरी यमुना वस्नेतको हेलिकप्टर मार्फत उद्वार गरिएको छ ।

जिल्ला अस्पताल बिजुवारमा उपचारका लागि आएकी किशोरीमा स्वास्थ्य जटिलता देखिएपछि हेलिकप्टर मार्फत उद्वार गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुवास पौडेलले जानकारी दिनुभयो । थप उपचारका लागि हवाई उद्वार मार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको उहाँले बताउनुभयो ।

दुर्गम क्षेत्रका गर्भवती महिलाहरूको ज्यान जोगाउन सरकारले सञ्चालन गरेको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तरगत हवाई उद्वार गरिएको जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रशासकीय अधिकृत कृष्ण थापाले बताउनुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वय र सहजीकरणमा उद्वार गरिएको उहाँले जानकारी दिनुभयो ।

Related Articles

Back to top button