प्यूठान । भारतीय तिर्थयात्री चढेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार भिंगृ-स्वर्गद्धारी सडक खण्डमा भारतीय नम्बर प्लेटको बोलेरो जीप दुर्घटना हुँदा भारतीय नागरिक ५८ वर्षीय विक्की नाउको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
पिबी १० जिजेड ०२७९ नम्वरको पिकअप बोलेरो जीप स्वर्गद्वारी दर्शन गरी फर्किने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा २ जना गम्भीर र ५ जना सामान्य घाईते भएका छन् । उनीहरुलाई भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, स्वर्गद्धारी दर्शन गरि फकिएको युपी ५१ इ ४९८४ नम्वरको बोलेरो पिकअप गाडी भिंगृ बजार नजिकै दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । उनीहरुलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको प्रहरीले जनाएको छ ।
