> पर्यटन > बुद्ध जयन्ती :औपचारिक कार्यक्रम नहुने, दिप प्रज्वलन गरिने


बुद्ध जयन्ती :औपचारिक कार्यक्रम नहुने, दिप प्रज्वलन गरिने

प्यूठान, २४ बैशाख ।
२५६४ औ बुद्ध जयन्तिका अवसरमा सरकारले भोलि विहीबार सार्वजनिक विदा दिएको छ । तर, कुनैपनि औपचारिक कार्यक्रम भने नहुने भएका छन् । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले औपचारिक कार्यक्रम नगरी बुद्ध जयन्ती मनाउन लागेको हो ।

बुद्ध जयन्तीक अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलिले शुभकामना सन्देश दिनुहुँदै विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतम वुद्धप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ । कोरोना संकटले गर्दा बुद्धजयन्तीको अवसरमा गरिने अन्र्तराष्ट्रिय बौद्ध सम्मेलनबाट हुने अवसर र सफलताबाट बञ्चित हुनुपरेको उल्लेख गर्नुभएको छ ।

पाँच नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिपावली गरि स्मरण गर्न आह्वान गर्नुभएको छ । फेसबुक स्टाटस मार्फत उहाँले खुला र भव्य कार्यक्रम गर्न सम्भव नभएको भन्दै विहीबार बेलुकी ७ बजे दिप प्रज्वलन गर्न आग्रह गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!