> आर्थिक > मेरो माईक्रोफाइनान्स मार्फत प्यूठानमा ११ करोड लगानी, ४ उत्कृष्ट समुह पुरस्कृत


मेरो माईक्रोफाइनान्स मार्फत प्यूठानमा ११ करोड लगानी, ४ उत्कृष्ट समुह पुरस्कृत

प्यूठान । मेरो माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले प्यूठानमा ११ करोड १७ लाख ८८ हजार १ सय ६६ रुपैंया लगानी गरेको छ । २०७३ सालमा स्थापना भएको प्यूठान शाखामा १ हजार २२० जना सदस्यहरु आवद्ध रहेका छन् ।

 

शुक्रबार जुम्रिमा आयोजित वित्तिय साक्षरता अभिबृद्धि तथा ग्राहक गुनासो सुनुवाई कार्यक्रममा संस्थाका शाखा प्रमुख लेखनाथ आचार्यले ४ करोड ३५ लाख ५ हजार ९६ रुपैंया बचत जम्मा भएको जानकारी दिनुभयो । शाखा मार्फत यस आर्थिक वर्षमा २ जना सदस्यहरुको श्रीमान् मृत्यु भए पश्चात ३ लाख ८० हजार बीमा दाबी गरी कर्जा मिनाहा तथा भुक्तानी गरेको कर्जा रकम समेत फिर्ता दिइएको उहाँले बताउनुभयो । ५ लाख ऋण लिने एक सदस्यको बीमा भुक्तानी दावी गरिएको छ ।

 

यस आर्थिक वर्षमा ५ जना सदस्यलाई श्रीमान् गुमाए वापत २१ हजारका दरले काजक्रिया खर्च, ७ जना सदस्यहरुलाई २ हजारका दरले सुत्केरी स्याहार खर्च उपलब्ध गराइएको समेत प्रमुख आचार्यले कार्यक्रममा जानकारी गराउनुभयो ।

 

उत्कृष्ट ४ समुहलाई पुरस्कृत
कार्यक्रमको अवसरमा पारेर उत्कृष्ट ४ समुहलाई पुरस्कृत तथा सम्मान गरिएको छ । प्रथम केन्द्र नं. ०६३ मेरो पूर्णागाँउ महिला केन्द्र, दोश्रो केन्द्र नं. ०८० मेरो शुभकामना महिला केन्द्र, तेश्रो मेरो प्रगतिशितल महिला केन्द्र र सान्तोना केन्द्र नं. ०७७ मेरो सम्झना महिला केन्द्र भएका थिए ।

 

प्यूठान नगरपालिकाका प्रमुख विष्णुबहादुर योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नगरपालिकाका प्रवक्ता तथा वडा नं. ४ का वडाध्यक्ष सुमनराज श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारी, इलाका प्रहरी कार्यालय विजुवारका प्रमुख प्रहरी निरिक्षक मिलन पाण्डे, अस्थायी ट्राफिक पोष्ट विजुवारका इन्चार्ज लछुमन गिरी, मेरो माईक्रोफाइनान्स प्रदेश कार्यालय बनगाँऊ दाङका अधिकृत तर्कबहादुर रावल, अनुगमन अधिकृत अर्जुन पौडेलको आतिथ्यता रहको थियो ।

शाखाका निर्मल भण्डारीले संचालन गर्नुभएको कार्यक्रममा जिल्लामा रहेका विभिन्न केन्द्रका प्रमुख तथा सदस्यहरु गरी १५२ जनाको सहभागीता रहेको थियो ।

र यो पनि पढ्नुहोस् ।

गरिबी निवारणमा लघुवित्त संस्थाको भूमिका महत्वपूर्ण : नगरप्रमुख योगी