प्यूठान । गरिबी निवारणका लागि लघुवित्तिय संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर योगीले बताउनुभएको छ । शुक्रबार जुम्रिमा भएको एक कार्यक्रममा बोल्दै उहाँले सहज आर्थिक पहुँचका कारण गरिबी निवारणमा संस्थाको भुमिका सराहनीय रहेको उल्लेख गर्नुभयो ।
मेरो माईक्रोफाइनान्स लुघवित्त वित्तिय संस्थाले आयोजना गरेको वित्तिय साक्षरता तथा गुनासो सुनवाई कार्यक्रममा बोल्दै नगर प्रमुख योगीले आर्थिक समृद्धि, आर्थिक परिवर्तन र स्वरोजगार बनाउनका लागि लघुत्तिय संस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । ‘लघुवित्त संस्थाहरुले आफ्नो लगानी गाउँमा पु¥याउँदा समस्या पनि झल्नु परेको छ ।’ ,उहाँले भन्नुभयो, ‘लगानी गरिरहँदा चाहे जस्तो सफलता नगरेको अवस्था पनि छ ।’ जुन क्षेत्रमा लगानी भएको त्यस अनुरुपको सफलता र व्यवस्थापन भए नभएको अनुगमन र मुल्याङ्कन गरेर महिलाहरुको आर्थिक समृद्धि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सहज रुपमा भएको आर्थिक लगानीलाई आम्दानीको क्षेत्रमा, व्यवसायको क्षेत्रमा, आर्थिक प्रवद्र्धन र सम्बद्र्धनको क्षेत्रमा ऋणको सदुपयोग गर्न उहाँले अनुरोध गर्नुभयो ।
