> समाज > १८ बालबालिकाले पढ्न पाएनन


१८ बालबालिकाले पढ्न पाएनन

प्यूठान समाचार सम्वाददाता
प्यूठान, २६ माघ ।
गौमुखी गाउँपालिका–६ लिवाङ डाफ्लेका बालबालिका घरमै खेलिरहेका भेटिन्छन् । प्रारम्भिक बालविकास केन्द्रमा जाने उमेर समुहका बालबालिका नजिकै बाल विकास केन्द्र नहुँदा घरमै बस्ने गर्छन् ।
गाउँका १८ जना विद्यालय जाने उमेर समुहका बालबालिका रहेको स्थानीय अभिभावक पदम बहादुर केसीले बताउनुभयो । गाउँमा रहेको बाल सुधार बालविकास केन्द्र गत वर्ष स्थानीय सरकार र जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले मर्ज गरेपछि गाउँका बालबालिका पढ्नबाट बञ्चित भएको उहाँको भनाई छ । उहाँका अनुसार आवश्यक भौतिक पूर्वाधार र विद्यार्थी भएपनि बालविकास केन्द्र नहुँदा मर्का परेको छ ।


बालविकास केन्द्र गतवर्ष मर्ज भएको हो । जसले गर्दा बालबालिका पढ्नका लागि गाउँपालिकाको ४ नम्वर वडा स्थित पुँजामा रहेको बाल जीवन सुधार आधारभुत विद्यालय पुग्नुपर्ने बाध्यता छ । साना बालबालिका विद्यालय पुग्न सम्भव नभएको भन्दै स्थानीय अभिभावकको भेलाले बालविकास केन्द्र पुर्नस्थापनाको माग गरेका छन्् ।
अभिभावकको भेला बसेर सम्वन्धित निकायमा बाल विकास केन्द्र पुर्नस्थापनाको माग गर्ने निर्णय समेत गरेका छन् । विद्यार्थी संख्या कम भएर विद्यालय मर्ज गरेको गौमुखी गाउँपालिकाका स्रोत व्यक्ति ओमहरी पोख्रेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *