> राष्ट्रिय > राष्ट्रिय आविष्कार केन्द्रबाट स्वास्थ्य सामाग्री सहयोग


राष्ट्रिय आविष्कार केन्द्रबाट स्वास्थ्य सामाग्री सहयोग

प्यूठान, ३० साउन । राष्ट्रिय आविष्कार केन्द्रले प्यूठानका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

 

केन्द्रका प्रमुख कार्यकारी अधिकृत मिरा पोख्रेलको सहयोग तथा खलंगा सरोकार समुहको पहलमा खलंगा प्राथमिक स्वास्थ्य केन्द्रको लागि स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

 

अक्सिजन कन्सनट्रेटर, पल्स अक्सिमिटर, अक्सिजन फ्लो रेगुलेटर, पीपीई, गाउन प्राप्त भएको खलंगा सरोकार समुहका संयोजक मनोज कुमार श्रेष्ठले बताउनुभयो ।

 

उक्त सामाग्री एक कार्यक्रमको आयोजना गरि स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिने समेत श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *