> राष्ट्रिय > कोरोनाको जोखिम कम गर्न सरकारको बोल्ड निर्णय


कोरोनाको जोखिम कम गर्न सरकारको बोल्ड निर्णय

काठमाण्डौ, १० चैत ।
कोरोनाको जोखिमबाट बच्नका लागि नेपाल सरकारले कडा निर्णय गरेको छ । उच्च स्तरीय समन्वय समितिको बैठकले सर्वसाधारणलाई घर बाहिर निस्कन निषेध गरेको छ ।
मंगलबार विहान ६ बजेदेखि एक सातासम्म उक्त निषेध रहनेछ । अनुमति प्राप्त र सुरक्षा निकाय र स्वास्थ्यकर्मी बाहेकका सवारी सञ्चालनमा रोक लगाएको छ । स्वास्थ्य, खानेपानी जस्ता अत्यावश्यक बाहेकका कार्यालयका कर्मचारीलाई कार्यालय नजान सरकारले निर्देशन दिएको छ ।
समितिका संयोजक इश्वर पोख्रेलले सवारी चलाउन पूर्ण रुपमा निषेध गरिएको जानकारी दिनुभयो । त्यसको अनुगमन जिल्लामा प्रमुख जिल्ला अधिकारीले गर्ने जिम्मा दिइएको छ । एम्वुलेन्स, पानी, दुध, औषधीका सवारी साधन भने चल्न पाउनेछन् ।
सोमबार नेपालमा एक जना युवतीलाई कोरोनाको संक्रमण भएको पुष्टीसँगै सरकारले यस्तो निर्णय गरेको हो । निर्णयको देशभरबाट स्वागत गरिएको छ । निर्णयको कार्यान्वयन गर्न र गराउन विभिन्न निकायले आह्वान समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *