> समाज > निर्वाचन लक्षित आपतकालिन सेवा संचालनका लागि प्यूठान अस्पतालमा कार्यदल गठन


निर्वाचन लक्षित आपतकालिन सेवा संचालनका लागि प्यूठान अस्पतालमा कार्यदल गठन

प्यूठान । आपतकालिन स्वास्थ्य चुनौतीको प्रतिकार्यका लागि जिल्ला अस्पतालले कार्यदल गठन गरेको छ । फागुन २१ गते बिहिवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानलाई लक्षित गरि कार्यदल गठन गरिएको हो ।

 

आपतकालिन स्वास्थ्य चुनौतिहरुलाई मध्यनजर गर्दै आवश्यक योजना निर्माण, तयारी समन्वय तथा प्रतिकार्यका लागि कार्यदल गठन गरिएको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुवास पौडेलको संयोजकत्वमा र्‍यापिड एक्सन टाक्स फोर्स गठन गरिएको छ ।

 

नवीन थापा सदस्य सचिव रहनुभएको कार्यदलमा डा.समीर पराजुली, राधादेबी केसी, केशब पण्डित, अनोज श्रेष्ठ र गिरिराज भण्डारी सदस्य रहनुभएको छ ।