प्यूठान, १८ कात्तिक । प्यूठानमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलवार प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहिमा गरिएको परिक्षणमा प्यूठानका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । जसमा ऐरावति गाउँपालिकाका ३ जना, नौवहिनि गाउँपालिकाका २ जना र प्यूठान नगरपालिकाका ३ जना रहेका छन् ।
यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या ७८३ पुगेको छ जसमध्ये ७६४ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् भने ३ जना संक्रमितको मृत्यु भइसकेको छ ।
